बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

बालुवाटार पुगेर शेखर र गगनले गराए प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण

मङ्गलबार, ०५ भदौ २०८०, १७ : ३७
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डलाई भेटेका छन् । 

मंगलबार (आज) बिहान ८ बजे कोइराला र थापा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार उनीहरू ललिता निवास, सुन तस्करी प्रकरण लगायत सुशासनका सन्दर्भमा बाहिर आइरहेका कुरामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका थिए ।

'सुशासनमा नचुकी सरकारले काम गरे हाम्रो पूर्ण साथ रहन्छ । यो वा त्यो नाममा कसैको अनुहार हेरेर सम्झौता गर्ने काम नहोस् । चाहे तपाईंको पार्टी होस् या अरू पार्टीको दोषीमाथि कारबाही हुनुपर्छ भनेर उहाँहरूले भन्नुभयो,' स्रोतले राताेपाटीलाई भने ।

आम नागरिकलाई अहिले अलिकति सुशासन अगाडि बढ्लाकी भन्ने आशा रहेको उनीहरूकाे भनाइ थियो ।

" तर, सरकार कुनै कुरामा सम्झौता गर्याे भने अहिलेसम्म गरेका सबै काम बेकार हो भन्ने पर्छ । लाेकरिञ्याईँका लागि काम गरेकाे भन्ने हुन्छ । त्यसैले सरकारले दह्रोसँगै काम गरोस्," कोइराला र थापाको आशय थियो ।

उनीहरूले अगाडि भने,"हामीलाई कतिपय कुरामा सम्झौता गर्न थालेको हो कि भन्ने भान हुन थालेको छ । यस्तो कुरा नहोस् ।"

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप