‘स्वदेशमै शिक्षा सबैको इच्छा’ नारासहित काठमाडौँमा शैक्षिक मेला हुँदै
काठमाडौँ । स्वदेशी शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले शैक्षिक मेला आयोजना हुने भएको छ । स्वदेशमै शिक्षा, सबैको इच्छा भन्ने मूल नाराका साथ विगत ८ वर्षदेखि आयोजना हुँदै आएको शैक्षिक मेला यो वर्ष पनि भदौ ८ र ९ गते हुन लागेको हो ।
उक्त मेलामा काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिमान्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आबद्ध ५० भन्दा बढी क्याम्पसको सहभागिता रहनेछ ।
मेलामा नेपाली विश्वविद्यालयमा पढाई हुने र विश्व बजारमा माग भइरहेका विभिन्न विषयहरू बीबीए, एमबीए, एमएचएम बिआईटी, बिआईएम, बिएचएम, बिएचसिएम, बिटिटिएम, बिबिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी सिएसआईटी, बिडेभ्स लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइनेछ । त्यसका लागि विद्यार्थीहरूले कुनै पनि शुल्क नलाग्ने आयोजक भिजन मिडिया इनकर्पोरशनका निर्देशक तारामान रावलले जानकारी दिए ।
शैक्षिक मेला भदौ ८ र ९ गते बिहान १० देखि साँझ ५ बजेसम्म काठमाडौँको दरबारमार्गमा रहेको अन्नपूर्ण ब्यांकुटमा सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
-
धवल शमशेर र दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ पार्टी घोषणाको तयारी, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण