मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालयमा तानिए

बिहीबार, ०७ भदौ २०८०, १४ : ०७
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको भन्दै उनलाई छानबिनका लागि मन्त्रालयमा झिकाइएको गृहमन्त्रालयका एक उच्च अधिकारीले बताए ।

ती अधिकारीले भने, ‘विवादित व्यक्तिलाई जिम्मेवारीमा राख्नु हुँदैन भनेर फिर्ता बोलाइएको हो, उनलाई मन्त्रालयको अतिरिक्त शाखामा हाजिर गराइएको छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप