सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आवश्यकताभन्दा बढी तारिफ गर्दा र राम्रोसँग बोल्दा पनि बिग्रन सक्छन् सन्तान, आमा–बुवाले यी कुरा ध्यान दिनुहोस्

बिहीबार, ०७ भदौ २०८०, १६ : ५९
बिहीबार, ०७ भदौ २०८०

तारिफ एक सकारात्मक प्रतिक्रिया हो । कसैले राम्रो काम गरेको छ भने तारिफ गरिन्छ । बच्चाको मन राखिदिन, उनीहरूलाई फकाउन र आत्मविश्वास जगाउन, उत्साह बढाउन पनि हामी उनीहरूको तारिफ गर्छौँ । धेरैजसो बालबालिकामा तारिफको असर पनि गर्छ र यसले फाइदा पनि पुर्‍याइरहेको हुन्छ । तर कतिपय अवस्थामा बच्चाको बढी तारिफ गर्नु पनि गलत हुनसक्छ । कतिपय अवस्थामा बच्चाहरूको धेरै प्रशंसा गरिदिँदा उनीहरू अति आत्मविश्वासी हुन्छन् र गल्ती गर्दा पनि आमाबुवाले गाली गर्दैनन् भनेर सोच्छन् । त्यसैले बच्चाको तारिफ गर्दा आमाबुवा धेरै सावधान र सतर्क हुनुपर्छ । तर यसो भन्दैमा बच्चाको तारिफ नै गर्नु हुँदैन भन्ने चाहिँ होइन । आवश्यकताभन्दा बढी तारिफ नगर्नु भनेको मात्रै हो । त्यसैले यसबारे पाँच जानकारी दिँदै छौँ ।

कामको तारिफ गर्नुहोस्, गर्नेको होइन

बच्चाको तारिफ गर्दा बच्चाको आत्मविश्वास पनि बढोस् र बढी आत्मविश्वासी पनि नहुन् भन्ने कुरामा ध्यान दिनुहोस् । त्यसैले सधैँ कामको तारिफ गर्नुहोस्, गर्ने व्यक्ति वा बच्चाको होइन । जस्तै मानौँ कि तपाईंको बच्चाको घर सफा गरेको छ । यति बेला बच्चालाई बारम्बार राम्रो र महान् भनेर होइन, उसले राम्रोसँग काम गरेको र सफा गर्ने तरिका यही हो भनेर तारिफ गर्नुहोस् । कामको प्रक्रियालाई तारिफ गर्नुहोस्, काम गर्नेको होइन ।

सबैको अगाडि राम्रो नभन्नुहोस्

यसै गरी केही आमाबुवा साथी र आफन्तको अगाडि नै बच्चालाई असाध्यै राम्रो, निकै शान्त, धेरै मायालु, साह्रै नै इमानदार वा पढन्ते भनेर तारिफ गर्छन् । यी यस्ता कुरा हुन् जुन उमेरसँगै फेरिरहन्छ । त्यसैले यस्ता कुराको तारिफ गर्नुको कुनै अर्थ छैन । बच्चा अगाडि छैन भने यस्तो भन्न सक्नुहुन्छ । वास्तवमा के हुन्छ भने बच्चाको अगाडि कुनै कुरामा, खास गरी गुणको कुरामा उसलाई एकदमै परफेक्ट, धेरै राम्रो भन्नुहुन्छ भने ऊ ओभर कन्फिडेन्ट भइदिन्छ । त्यसैले यस्तो प्रशंसा नगरेकै राम्रो ।

praising-child-inside1कहिल्यै झुटो प्रशंसा नगर्नुहोस्

कतिपय आमाबाबुले आफ्ना छोराछोरीलाई राम्रो देखाउन अरूको अगाडि झूटो प्रशंसा गर्न थाल्छन् । वा बच्चाको मनोबल बढाउनको लागि अत्यधिक प्रशंसा र बढाइचढाइ गर्न थाल्छन् । यो बानी बालबालिकाको सीप विकासका लागि पनि हानिकारक हुन्छ । यसले बालबालिकाको सिक्ने र बुझ्ने क्षमतामा ह्रास आउँछ ।

तुलना नगर्नुहोस्

बालबालिकाको तुलनात्मक रूपमा प्रशंसा गर्नु हुँदैन । तुलनात्मक प्रशंसा भनेको अर्को बच्चासँग तुलना गरेर उसको अगाडि बच्चाको प्रशंसा गर्नु हो । यस प्रकारको प्रशंसाले बच्चाको दिमागमा नकारात्मक प्रभाव पार्छ । त्यस कारण, न बच्चाको अगाडि न पछाडि  आफ्नो बच्चालाई अरू कुनै बच्चासँग तुलना गर्नुहोस् । बच्चालाई पनि यस्तो गर्न नदिनुहोस् । 

बच्चाको नियन्त्रणमा रहेको कुरा मात्र प्रशंसा गर्नुहोस्

कतिपय कुरा बच्चाहरूले गरेर सिक्छन् र केही कुराहरू आफैँले सिक्छन् । त्यसैले बच्चाको तारिफ त्यति बेला मात्रै गर्नुहोस् जब त्यसमा उनीहरू आफैँले प्रयास गरेका छन् वा गर्न प्रयास गरेका छन् । बच्चाले अरूको सहयोगमा गरेको वा आफूले नगरेको कामको कहिल्यै प्रशंसा नगर्नुहोस् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप