दुई गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडको रोमाञ्चक ‘कम्ब्याक’
ओल्ड ट्राफोर्ड । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले नटिङह्याम फरेस्टमाथि रोमाञ्चक जीत हासिल गरेको छ । शनिबार साँझ भएको खेलमा पाँच गोलको थ्रिलरमा युनाइटेड ३–२ गोलले विजयी बनेको हो ।
घरेलु टोली युनाइटेड खेलको ४ मिनेटभित्र नै अप्रत्यासितरुपमा दुई गोलले पछि परेको थियो । ताइवो अवोनियी र विली बोलीले गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए । तर १७ औँ मिनेटमा मार्कस रासफोर्डको पासमा क्रिस्टियन एरिक्सनले युनाइटेडका लागि एक गोल फर्काए ।
दोस्रो हाफको सुरुवातमा नै ब्रुनो फर्नान्डेजले कासिमेरोका लागि गोलको अवसर सिर्जना गरे । खेल २–२ को बराबरीमा रहेको बेला जो वोरालले फर्नान्डेजलाई फल हानेपछि फरेस्ट १० खेलाडीमा सीमित बन्यो ।
त्यसको ९ मिनेटपछि नै युनाइटेडले पेनाल्टी पायो । जसलाई फर्नान्डेजले सजिलै गोलमा परिणत गर्दै टोलीको पुनरागमन पुरा गरे । जीतसँगै युनाइटेड ३ खेलबाट ६ अंक बटुल्दै लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा भोजपुरको सभापतिमा भुजेल
-
रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
-
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
-
बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण