राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धिमूलक र परिणाममुखी बनाउन सरकारको आह्वान
काठमाडौँ । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रूपमा मनाउने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रूपमा शिक्षा दिवस मनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले बताए ।
उनले असोज २ लाई विशेष उत्साहका साथ मनाउने अठोट गरे । उनले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक रूपमा मनाउन आह्वान गरे । उनले शिक्षा दिवस उपलब्धिमूलक र परिणाममुखी बनाउन सरकारले काम गरिरहेको पनि बताए ।
‘असोज २ लाई विशेष उत्साहका साथ मनाउनका निम्ति प्रयत्न गर्नेछौँ भन्ने अठोट पनि यो आयोजक समारोह समितिले गर्नुपरेको छ । यहाँहरू सबैले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रमलाई भव्यताका साथ उपलब्धिमूलक, भव्यताको पाटो मात्रै होइन कि उपलब्धिमूलक, परिणाममुखी, यसले केही न केही सन्देश नेपाली जनतालाई दिओस् । केही उपलब्धि पनि र नेपाली शिक्षालाई गहिराउने, यसलाई विस्तारित गर्ने सन्दर्भमा भन्ने हिसाबबाट यहाँहरू सबैको सहयोग हुने नै छ । हामी विभिन्न निकाय, सङ्घसंस्था, प्रदेश सरकार, स्थानीय निकायसमेतलाई अनुरोध गरेर हाम्रो जुन उचाइको उत्साह छ, त्यो उत्साह त्यहाँ पनि कम्युनिकेट गर्नुपर्नेछ ।’
मन्त्री राईले नेपाली शिक्षालाई विस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
-
अनुमति बिना स्टिकरको प्रयोग निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण