उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीको उद्घाटन एवं सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिरुवामा जल सिंचित गरेर उद्घाटन गरेका थिए । कार्यशाला गोष्ठीमा ३४ जिल्लाको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।
‘हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीति महत्त्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानको रूपमा यो अभियानलाई सुरु गरिएको हो’, प्रधानमन्त्री प्रचण्डले बताए ।
हरियाली प्राकृतिक कृषि अभियान चलाउने अभियान सफल बनाउन लाग्ने सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्रीले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको बताए ।
उनले भारत भ्रमणमा जाँदा सहकार्य गर्नेबारे छलफल भएको जानकारी दिँदै प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र ठाउँको अध्ययनका लागि नेपालमा कृषिमा काम गरेका कृषकहरूलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण