आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नेताहरूलाई फिल्म हेर्न स्वस्तिमाको आग्रह

आइतबार, १० भदौ २०८०, १७ : ५३
आइतबार, १० भदौ २०८०

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले फिल्म समाजको रिफरलेक्सन भएकोले नेताहरूले हेर्नुपर्ने बताएकी छन् । कतिपय सन्दर्भमा नेताहरूले समाजमा नदेखेको कुरा फिल्मकर्मीले फिल्ममा उतार्ने गरेको उनको धारणा छ ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ऐँचो पैँचो’ को प्रचार प्रसारका क्रममा रातोपाटीसँग गफिएकी खड्काले फिल्म नेताहरूले एकपटक हेर्नै पर्ने बनेको दाबी गरिन् । फिल्मको प्रिमियर तथा कार्यक्रमहरूमा नेताहरूलाई आफूले देख्ने गरेको भन्दै उनले हलमा गएर पनि फिल्म हेर्न आग्रह गरेकी हुन् ।

अनावश्यक गसिप र कन्ट्रोभर्सी गरेर आफू फिल्म चलाउने पक्षमा नरहेको बताएकी स्वस्तिमाले ‘ऐँचो पैँचो’ सबैले हेर्न मिल्ने फिल्म भएको बताइन् । ‘ऐँचो पैँचो’ आगामी शुक्रवारबाट प्रदर्शनको तयारमिा रहेको फिल्म हो । फिल्ममा स्वस्तिको अलवा मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, कोसिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रवीन्द्र झा, सरिता गिरी, विशाल पहारीलगायत कलाकारको अभिनय छ । 

अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, सत्यम राणको भिएफएक्स, रहेको फिल्म केपी फिल्मसकाे ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता प्रितम लामिछाने र आध्या लामिछाने र सह–निर्माता विशाल चौलागाईं रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप