सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

पदक विजेता मार्सल आर्ट्स टोली सम्मानित

आइतबार, १० भदौ २०८०, १९ : २१
आइतबार, १० भदौ २०८०

काठमाडौँ । जर्मनमा आयोजित अन्तर्राष्ट्रिय मार्सल आर्ट च्याम्पियनसिपमा नेपालबाट सहभागी टिम स्वदेश फिर्ता भएको  छ । गत अगस्ट ४ देखि २४ गतेसम्म भएको उक्त प्रतियोगिताका साथै समर क्याम्पमा नेपालबाट सहभागी खेलाडीहरुले पदक जित्न सफल भएका छन् । 

कीर्तिपुर नगरपालिका र जर्मनको लुविज नगरपालिकाको सहकार्य र मार्सल आर्ट अर्गनाइजेसन नेपालको सहयोगमा उक्त टिम जर्मन गएको थियो । खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरी पदक जित्न सफल भएको टिम प्रशिक्षक राजिव महर्जनले जानकारी दिए । 

पदक विजेता खेलाडी, प्रशिक्षक तथा टिम व्यवस्थापकलाई कीर्तिपुर नगरपालिकाले एक कार्यक्रम गरी सम्मान गरेको छ । कार्यक्रममा कीर्तिपुर खेलकुद विकास समिति तथा विथ लोकल्स नेपालले पनि सहयोग गरेको विथ लोकल्सका संचालक सुदिप महर्जनले बताए ।

विजेता खेलाडीहरुलाई कीर्तिपुर नगरपालिकाकी उप मेयर शुभलक्ष्मी शाक्यले विजेता खेलाडीहरु तथा प्रशिक्षकलाई  बधाई ज्ञापन गरिन् । उप मेयर शाक्यले खेलाडीहरुलाई अझ प्रगति गरी देश र कीर्तिपुर नगरको नाम उच्च राख्न हौसला समेत प्रदान गरिन् ।

उक्त प्रतियोगिताको पुरुष ३० केजीमा इभान महर्जनले स्वर्ण, ४० केजीमा एन्जेस महर्जनले रजत र ५० केजीमा प्रतीक श्रेष्ठले कांस्य जितेको प्रशिक्षक महर्जनले जानकारी गराए । टिम व्यवस्थापकको भूमिकामा रजनी डंगोल सहभागी भएकी थिइन् ।

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटा, वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कीर्तिपुर खेलकुद समितिका संयोजक विजयप्रकाश महर्जनलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप