सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

दुर्घटनामा परेर काठमाडौँ र ललितपुरमा दुई जनाको मृत्यु

सोमबार, ०८ असार २०८३, १० : ३७
सोमबार, ०८ असार २०८३

सारांश

  • ललितपुरको बाँडेगाउँमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ९ वर्षीय बालक वालदेन तामाङको उपचारका क्रममा मृत्यु भएको छ ।
  • काठमाडौँको भोटेबहालबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको मिनी ट्रकको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ ।
  • दुर्घटनामा संलग्न दुई सवारी साधनका चालकको खोजी तथा अनुसन्धान भइरहेको छ ।

काठमाडौँ । काठमाडौँ र ललितपुरमा दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । ललितपुरको बाँडेगाउँमा आइतबार दिउँसो मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ९ वर्षीय बालक वालदेन तामाङको मृत्यु भएको हो । 

उनको उपचारको क्रममा नमस्ते मेट्रो अस्पतालमा मृत्यु भएको हो । बालकलाई ठक्कर दिने मोटरसाइकलको नम्बर नखुलेको र खोजी कार्य भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । 

मृतक बालक गोदावरी नगरपालिका वडा नम्बर–३ का स्थानीय हुन् ।  त्यस्तै, भोटेबहालबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको मिनी ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ४२ वर्षीया महिला छिन् । उनको नाम र ठेगाना खुलेको छैन । आइतबार बिहान ११ बजे उनलाई बा.३ ख ४६४० नम्बरको मिनीट्रकले ठक्कर दिएको थियो । 

उपचारको क्रममा गएराति उनको मृत्यु भएको एसपी सुवेदीले जानकारी दिए । मिनीट्रक चालक गुल्मी घर भएर काठमाडौँको दमाई टोल बस्ने २८ वर्षीय सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप