जनगायक टुहुरेकै गीत गाउँदै राजनीतिक यात्रा सुरु गरेको हुँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय जेबी टुहुरेलाई जनगायकको रूपमा राष्ट्रिय सम्मानको उपाधि प्रदान गर्न पाउँदा आफूलाई गर्वको अनुभूति भएको बताएका छन् ।
स्वर्गीय जनगायक टुहुरेको दोस्रो स्मृति दिवसको अवसर पारेर आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालको बाम–लोकतान्त्रिक आन्दोलन र साङ्गीतिक तथा सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएकै कारण आफू नेतृत्वको सरकारले भर्खरै टुहुरेलाई सो उपाधि प्रदान गरेको पनि स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री दाहालले जनगायक टुहुरेकै जनवादी प्रगतिशील गीत गाउँदै आफूले राजनीतिक यात्रा सुरु गरेको पनि खुलाए । जनगायक टुहुरेले नेपालको राजनीतिक, सांगीतिक र सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदान भावी पुस्ताका लागि समेत प्रेरणाको स्रोतको रूपमा रहिरहने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘स्मृति ग्रन्थ जेबी टुहुरेको जन्म, कर्म र विचारहरूको विविध आयामहरूको विभिन्न कोणबाट विश्लेषण, संश्लेषण गरिएको छ । समग्र पुस्तक पढ्दा टुहुरेको चेतना राम्रैसँग स्मरणमा ल्याई दिन्छ । यसले टुहुरेको समग्र जीवन बुझ्न र यसबाट शिक्षा लिन प्रेरित गरिरहनेछ ।’
प्रधानमन्त्री प्रचण्डले जनताका गायकको रूपमा जेबी टुहुरेले दिएको विचारले आफूलाई शान्ति प्रक्रियामा आएपछि अझ धेरै प्रभावित तुल्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण