सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी
सोमबार, ११ भदौ २०८०, १२ : ३६
मोरङ । मोरङ धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रुपैयाँ र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय विशाल कुमार सिंह रहेका छन् । उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण