सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी

सोमबार, ११ भदौ २०८०, १२ : ३६
सोमबार, ११ भदौ २०८०

मोरङ । मोरङ धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रुपैयाँ  र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४  वर्षीय रोशन मण्डल र २० वर्षीय विशाल कुमार सिंह रहेका छन् । उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप