रोबर्टो मान्चिनी साउदी अरबको फुटबल टोलीका म्यानेजर नियुक्त
रियाद । इटालीको मुख्य प्रशिक्षक पदबाट राजनीमा दिएको दुई हप्तापछि रोबर्टो मान्चिनी साउदी अरबको म्यानेजर नियुक्त भएका छन् । ५८ वर्षीय मान्चिनीले इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सन् २०२० को युरो कपको उपाधि दिलाएका थिए ।
टोलीले विश्व कीर्तिमानी ३७ वटा खेलको अपराजित यात्रा तय गरे पनि सन् २०२२ को विश्वकपको छनोट हुन असफल भएको थियो ।
उनले साउदी अरबसँग २०२७ सम्मको करार गरेका छन् । नेतृत्व सम्हालेपछि उनको पहिलो खेल ८ सेप्टेम्बरमा कोस्टारिकाविरुद्ध हुनेछ । ‘एसियामा फुटबलको लोकप्रियता बढिरहेका बेला नयाँ देशमा फुटबलको अनुभव लिने मेरा लागि यो ठुलो अवसर हो,’ मान्चिनीले भने ।
गत विश्वकपमा साउदी अरबले पूर्व म्यानेजर हर्भे रेनार्डको नेतृत्वमा अर्जेन्टिनालाई समूह चरणमा २–१ गोलले हराएको थियो ।
यता मान्चिनीले म्यानचेस्टर सिटीलाई सन् २०१२ मा प्रिमियर लिगको उपाधि दिलाएका थिए । यसबाहेक उनले फ्लोरेन्टिना, लाजियो, इन्टर मिलान, गालातासारे र जेनिट सेन्ट पिटर्सबर्गको नेतृत्व सम्हालिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण