‘गठबन्धनमा कुनै समस्या छैन, सरकार लामो समय टिक्छ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा आबद्ध रहेका तीनवटा दलका नेताहरुले सरकारमा कुनै समस्या नरहेको बताएका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली कांग्रेका नेता दीपक खड्का, नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान र जनता समाजवादी पार्टी (जसपा) का नेता मनिश सुमनले सरकार सही गतिमा अगाडि बढिरहेको र गठबन्धन दलका बीचमा कुनै समस्या नरहेको बताएका हुन् ।
उनीहरुले सरकार लामो समय टिक्ने पनि बताए ।
नेता सुमनले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरिरहेको बताए । ‘हाम्रो नजरमा जनता समाजवादी पार्टीले राम्रो काम गर्दैछ । हामी यो सरकार निर्माणको जनक हौं । यो सरकार निर्माण गर्ने हामी जनक नै हौं । गठबन्धनको जनक हौं । गठबन्धनभित्र पनि समाजवादी मोर्चाको प्रमुख घटक हौं । आफैँले बनाएको घर कसलाई मन पर्दैन र अलिकति कोठा नमिले पनि ठिकै छ,’उनले भने ।
ललिता निवास प्रकरण, शरणार्थी प्रकरण र सुनकाण्डमा सरकारले निर्वाह गरेको भूमिकामा आम जनताले सरकारलाई स्याबासी दिइरहेको उनको भनाई छ ।
त्यसैगरी, माओवादी केन्द्रका नेता एवं पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले अहिलेको सरकारले देशमा समृद्धि सुशासन र सामाजिक न्याय चाहेको बताए । प्रतिगमनको खतराको विरुद्धमा गठबन्धन सरकार बनेको उनको भनाई छ ।
उनले वर्तमान सरकार विभिन्न भ्रष्टाचारविरुद्धमा उभिएको बताए । अहिलेको सरकार लोकतान्त्रिक सरकार भएकाले आफ्नो उद्देश्यलाई आत्मसाथ गरेर जाने उनको भनाई छ । वर्तमान सरकारसँग कानुको शासन चाहनेहरु कोही पनि आत्तिन नहुने उनले बताए ।
यसैगरी नेपाली कांग्रेसका नेता दीपक खड्काले गठबन्धन सरकार आफ्नो समयावधिसम्म चल्ने दाबी गरे । कांग्रेसले स्थायित्वलाई बल पुर्याउने काम गर्ने र सरकारले तलमाथि गरेको खण्डमा सचेत गराउँदै अगाडि बढ्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण