उपत्यकाको १० ठाउँमा सीआईबीको छापा
काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा ब्यूरोको टोलीले काठमाडौँ उपत्यकाका १० ठाउँमा छापा मारेको छ ।
‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सिआईबीलाई हस्तान्तरण गरेको थियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदामसहित १० ठाउँमा छापा मारिएको अनुसन्धान संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
राजस्व अनुसन्धान विभागले पनि तस्करले संचालन गरेको टोखास्थित सुन गाल्ने कारखाना र गोदामहरुमा छापा मारेको थियो । ६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् ।
आरोपीतहरुले स्मार्ट वाच, रेजर र ब्रेक प्याडमा लुकाएर कार्गोको सामानको रुपमा सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ । दुबई र हङकङबाट सुन काठमाडौँमा ल्याएपछि उनीहरुले इलेक्ट्रिक सामानबाट निकालेर गाल्ने र भारतमा पठाउने गरेको खुलेको छ ।
‘काठमाडौँमा सञ्चालित कारखानामा सुनलाई आधा केजी र १ केजीको बिस्कुट आकारमा बनाउने गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘बिस्कुट आकारको सुन तस्कर समूहले भारतमा पठाउने गरेको भेटिएको छ ।’
असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको थियो । सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित २३ जना पक्राउ परेका छन् ।
हालसम्म पक्राउ पर्नेहरु : राम कुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग र ली वेन सुङ्ग ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण