सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

प्रहरीलाई सरकारी वकिलको निर्देशन–‘महराका बाबु–छोरामाथि अनुसन्धान थाल्नु’

सोमबार, ११ भदौ २०८०, २३ : ०२
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग सम्पर्कमा देखिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिनको तयारी गरिएको छ । २०७९ पुस १० मा दुबईबाट ‘भेप’मा लुकाएर सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग महरा र उनका छोराहरूको सम्पर्क देखिएको थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

भेप प्रकरणमा सीआईबीले ‘मुख्य योजनाकार’ किटान गरेका व्यक्तिहरूमाथि अनुसन्धान भएको नदेखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले रातोपाटीलाई बताए । उनले भने–‘हामीले थप अनुसन्धान गरेर पूरक प्रतिवेदन ल्याउन भनेका छौँ ।’

सरकारी वकिल र प्रहरी अधिकारीहरूसँगको बैठकमा महराका बाबु–छोराबारे अनुसन्धान गर्नेबारे धेरै पटक छलफल भएको जिल्ला सरकारी वकिल कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप