हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्नुहुँदैन : लेखक
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्नु नहुने धारणा राखेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको सामान्य छलफलमा भाग लिँदै प्रमुख सचेतक लेखकले यस्तो बताएका हुन् ।
लेखकले भने, ‘मुलुकी फौजदारी अपराध कार्यविधि संहिता २०७४ को दफा ११६ मा अर्को एउटा दफा थपेर ११६ (१) बनाएको छ । त्यसले हिंसात्मक क्रियाकलापमा संलग्न रहेका केही समूहहरू जुन हिंसात्मक क्रियाकलाप छोडेर अहिलेको मूलधारको राजनीतिमा संविधानलाई मानेर, व्यवस्थालाई मानेर यदि शान्तिपूर्ण राजनीतिमा फर्किन चाहन्छन् भने त्यसका लागि नेपाल सरकारसँग राजनीतिक सहमति भएको छ भने त्यो सहमति अनुसार त्यस्ता हिंसात्मक गतिविधिमा संलग्न भएका समूहका सदस्यहरू थुनामा रहेकोमा मुक्त गर्ने र मुद्दाहरू खारेज गर्ने व्यवस्था गरेर यसले ल्याएको छ । यसलाई यसैरुपमा पारित गर्नुहुन्न । म यो आग्रह गर्न चाहन्छु । यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुगेर जानुपर्छ । किनभने यसले हाम्रो न्यायिक पद्धतिमा नै केही महत्त्वपूर्ण प्रभाव पार्ने भएको हुनाले यसलाई यसै रूपमा पारित गर्नुहुन्न ।’
उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रस्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनर्विचार गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण