आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एसिया कप हेर्न श्रीलंका जाने नेपालीको घुइँचो

मङ्गलबार, १२ भदौ २०८०, १५ : ५५
मङ्गलबार, १२ भदौ २०८०

काठमाडौँ । १६ औँ संस्करणको एसिया कप क्रिकेट भोलिबाट पाकिस्तानमा चल्दैछ । अगस्त ३० देखि सेप्टेम्बर १७ तारिकसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुने खेलका लागि पहिलो पटक नेपाल टिम समेत सहभागी हुँदैछ ।

प्रतियोगिताको उद्घाटन खेल भोलि बुधबार पाकिस्तान र नेपालबीच मुल्तान खेलमैदान प्रस्पिर्धा हुँदैछ । यसै सन्दर्भमा एसिया कममा पहिलो पटक सहभागी नेपालको खेल हेर्न श्रीलंका जाने नेपालीहरुको संख्यामा वृद्धि आएको छ । सस्तो प्याकेज टिकट पाएपछि २५० जनाभन्दा बढी नेपालीहरु क्रिकेट हेर्न पाकिस्तान जाँदै गरेको रुप्सी होलिडेज ट्राभल एण्ड टुरले रातोपाटीलाई जानकारी दिएको छ । 

रुप्सी होलिडेजमार्फत मात्र १५० जना नेपाली एसिया कप हेर्न श्रीलंका जाने तयारीमा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश पराजुलीले रातोपाटीसँग बताए । 

‘एसिया कपमा नेपाल पहिलो पटक सहभागी भएको हो । यस्तो अवसरमा नेपाली खेलाडीहरुको हौसला बढाउन पनि सहभागी हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । थप खेल प्रेमी दर्शकलाई अवसर दिएर स्पोर्ट टुरिजमको समेत विकास गर्न सकिन्छ भन्ने म्यासेज दिन आवश्यक ठान्यौं र सस्तो प्याकेज प्रदान गयौँ’ सीईओ पराजुलीले रातोपाटीसँग भने । 

कम्पनीले प्रतिव्यक्ति १ लाख २० हजार रुपैयाँदेखि १ लाख ३० हजार रुपैयाँको प्याकेजमा नै श्रीलंकामा खेल हेर्न जाने सुविधा प्रदान गरिरहेको छ । यस्तो सुविधा नेपाली दर्शकले खान, बस्नसहित खेल हेर्न पाउनेछन् । ५ दिनको प्याकेजका लागि १ लाख २० हजार रुपैयाँ र ७ दिनको प्याकेजका लागि १ लाख ३० हजार रुपैयाँमा सेवा उपलब्ध गराइएको पराजुलीले बताए । 

यस्तै अन्य ट्राभल कम्पनीहरुमार्फत समेत एक सय हाराहारी नेपाली एसिया कप हेर्न पाकिस्तान जाने पराजुलीको भनाइ छ । साथै, नेपाल बाहिर दुबई, कतार, मलेसिया लगायतका देशहरुबाट समेत एसिया कप हेर्न नेपालीहरु श्रीलंका जाने हुँदा कति नेपालीहरु त्यहाँ पुग्छन् सो भने यकिन नभएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप