बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

भोलि धनगढीमा हुने समाजवादी मोर्चाको ‘सन्देश सभा’लाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने

मङ्गलबार, १२ भदौ २०८०, २० : २६
मङ्गलबार, १२ भदौ २०८०

धनगढी । समाजवादी मोर्चा नेपालको बुधबार धनगढीमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मोर्चाले मंगलबार पत्रकार सम्मेलन गर्दै सन्देश सभाको तयारी पूरा भएको जनाएको छ । 

सन्देश सभालाई मुख्य गरी चार दलका नेताहरुले सम्बोधन गर्ने भएका छन् । सन्देश सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप