आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एसिया कपको उद्घाटन खेलमा सम्भावित प्लेइङ—११ र दुवै टोलीका खेलाडीको प्रदर्शन

बुधबार, १३ भदौ २०८०, ११ : १४
बुधबार, १३ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा बुधवार नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार, दिउँसो ३ः १५ बजे सुरु हुनेछ ।

नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो । पाकिस्तानको भने एसिया कपमा १४औं सहभागिता हो । पाकिस्तानले दुई पटक एसिया कपको उपाधि पनि जितिसकेको छ । उद्घाटन खेलका लागि नेपालले १७ सदस्यमध्येबाट ११ खेलाडीको चयन गर्नु पर्नेछ । 

पाकिस्तानविरुद्ध खेल्ने नेपालको सम्भावित टोलीमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी, गुल्सन झा, करण केसी र सोमपाल कामी रहेका छन् । 

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले नेपालका लागि हालसम्म ४४ एक दिवसीय खेलेर नौ सय ८६ रन बनाएका छन् । एक दिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय १५ रन हो ।

२६ वर्षीय कुशलले एक दिवसीय खेलमा एक शतक र ६ वटा अर्धसतक बनाएका छन् । एक दिवसीय क्रिकेटमा उनले चार विकेट पनि लिएका छन् ।

यसैगरी आसिफ शेख पनि कुशलतसँगै ओपनर ब्याट्सम्यानका रुपमा ओर्लने सम्भावना छ । २२ वर्षीय आसिफले हालसम्म देशका लागि ४१ वटा एक दिवसीय प्रतियोगिता खेलेका छन् ।

एक दिवसीय क्रिकेटमा उनले एक हजार एक सय ८७ रन बनाएका छन् । उनले एक शतक र नौ वटा अर्धसतक पनि प्रहार गरेका छन् । 

यसैगरी कप्तान रोहित पौडेल तेस्रो नम्बरमा क्रिज समाल्न ओर्लने सम्भावना छ । २१ औं वर्ष प्रवेशको संघारमा रहेका रोहितले देशका लागि ५२ वटा एक दिवसीय प्रतियोगिता खेलेर एक हजार चार सय ६९ रन बनाएका छन् । उनले एक शतक र आठ अर्धसतक पनि प्रहार गरेका छन् । 

यसैगरी २१ वर्षीय भीम सार्कीले देशका लागि १७ एक दिवसीय खेलेर चार सय ५२ रन बनाएका छन् । एक दिवसीय प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन अविजित ७७ रन हो । एक दिवसीय खेलमा उनले तीनवटा अर्धसतक पनि हिर्काएका छन् । 

यसैगरी १९ वर्षीय युवा खेलाडी कुशल मल्लले देशका लागि हालसम्म २७ वटा एक दिवसीय खेल खेलेका छन् । उनले एक दिवसीय खेलमा कुल ६ सय २६ रन बनाएका छन् । एक दिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन एक सय आठ रन हो ।

उनले एक शतक र चार अर्धसतक हिर्काएका छन् । एक दिवसीय क्रिकेटमा उनले १८ विकेट पनि लिएका छन् ।  

यसैगरी २३ वर्षीय दीपेन्द्रसिंह ऐरीले हालसम्म ५० वटा एक दिवसीय खेलेर कुल आठ सय ५७ रन बनाएका छन् । एक दिवसीय खेलमा उनको उच्च स्कोर एक सय पाँच रन हो । उनले एक शतक र तीनवटा अर्धसतक प्रहार गरेका छन् । एक दिवसीय क्रिकेटमा उनले ३६ विकेट पनि लिएका छन् । 

यसैगरी नेपाली टोलीका प्रभावशाली स्पिनर हुन्, सन्दीप लामिछाने । उनले अन्तर्राष्ट्रिय स्तरमा थुप्रै फ्रेन्चाइज प्रतियोगिता पनि खेलिसकेका छन् ।

उनले हालसम्म देशका लागि ४९ वटा एक दिवसीय प्रतियोगिता खेलेर एक सय ११ विकेट लिइसकेका छन् । 

एक दिवसीय प्रतियोगितामा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ११ रन खर्चिएर ६ विकेट हो । टोलीलाई आवश्यक परेको बेला उनी गतिलो रनसमेत बनाउन सक्छन् । २३ वर्षीय सन्दीपले हालसम्म एक दिवसीय खेलमा तीन सय ६७ रन बनाएका छन् ।

ब्याटिङतर्फ उनको उत्कृष्ट प्रदर्शन अविजित ३५ रन हो । यसैगरी ललित राजवंशीले हालसम्म देशका लागि २१ वटा एक दिवसीय प्रतियोगिता खेलेका छन् । २४ वर्षीय ललितले एक दिवसीय खेलमा कुल २८ विकेट लिएका छन् । एक दिवसीय खेलमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन २० रन दिएर पाँच विकेट हो । 

त्यस्तै १७ वर्षीय युवा बलर गुल्सन झाले हालसम्म देशका लागि २२ वटा एक दिवसीय खेलेर कुल २१ विकेट लिएका छन् । एक दिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन २८ रन खर्चिएर तीन विकेट हो ।

उनी टोलीलाई आवश्यक पर्दा राम्रो रन पनि बनाउन सक्छन् । उनले एक दिवसीय खेलमा ब्याटिङतर्फ कुल चार सय ५२ रन बनाएका छन् । ब्याटिङतर्फ उनको उत्कृष्ट प्रदर्शन अविजित ६७ रन हो ।

यसैगरी ३१ वर्षीय करण केसी नेपाली टोलीका सबैभन्दा अनुभवी अलराउन्डर हुन् । यो एसिया कपमा टोलीले उनीबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । उनले हालसम्म देशका लागि ४६ एक दिवसीय खेल खेल्दै ७३ विकेट लिएका छन् ।  एक दिवसीय खेलमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर पाँच विकेट हो । ब्याटिङतर्फ पनि उनले एक दिवसीय खेलमा कुल तीन सय ४९ रन बनाएका छन् । एक दिवसीय खेलमा उनको ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन ४२ रन हो । 

यसैगरी २७ वर्षीय सोमपाल कामीले देशका लागि हालसम्म ४७ वटा एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । बलिङतर्फ उनले एक दिवसीय खेलमा ६३ विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर पाँच विकेट हो । एक दिवसीय खेलमा ब्याटिङतर्फ पनि उनले कुल चार सय ७८ रन बनाएका छन् । ब्याटिङतर्फ उनको उत्कृष्ट प्रदर्शन अविजित ६३ रन हो ।

यसैगरी नेपालविरुद्ध खेल्ने पाकिस्तानको सम्भावित टोलीमा फाखर जामन, इमाम उल—हक, बाबर आजम (कप्तान), इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकिपर), सदाब खान, सलमान आघा, मोहम्मद नवाज, ह्यारिस रउफ, नसिम शाह र साहिन अफ्रिदी रहेका छन् । 

३३ वर्षीय फाखर जामनले हालसम्म पाकिस्तानका लागि ७३ एक दिवसीय खेलेर तीन हजार दुई सय सात रन बनाएका छन् । एक दिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन अविजित दुई सय १० रन हो । उनले १० शतक र १५ वटा अर्धसतक प्रहार गरेका छन् । उनले एक दिवसीय खेलमा एक विकेट पनि लिएका छन् । उनी पाकिस्तानका टेस्ट खेलाडी पनि हुन् ।

यसैगरी २७ वर्षीय इमाम उल—हकले हालसम्म पाकिस्तानका लागि ६२ वटा एक दिवसीय खेलेका छन् । त्यसमा उनले कुल दुई हजार आठ सय ८४ रन बनाएका छन् । एक दिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन एक सय ५१ रन हो ।

उनले नौ शतक र १८ वटा अर्धसतक पनि प्रहार गरेका छन् । उनी पाकिस्तानका टेस्ट खेलाडी पनि हुन् ।  

यसैगरी २८ वर्षीय पाकिस्तानी कप्तान बाबर आजमले पाकिस्तानका लागि हालसम्म एक सय तीनवटा एक दिवसीय खेल खेलेका छन् । एक दिवसीय खेलमा उनले कुल पाँच हजार दुई सय दुई रन बनाएका छन् ।

उनको उत्कृष्ट प्रदर्शन एक सय ५८ रन हो । उनले १८ शतक र २८ अर्धसतक प्रहार गरेका छन् ।  यसैगरी ३२ वर्षीय इफ्तिखार अहमदले पाकिस्तानका लागि १४ एक दिवसीय खेलेका छन् । उनले एक दिवसीय खेलमा कुल दुई सय ९३ रन बनाएका छन् ।

उनको उत्कृष्ट प्रदर्शन अविजित ९४ रन हो । एक दिवसीय खेलमा उनले आठ विकेट पनि लिएका छन् ।   

यसैगरी ३१ वर्षीय विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानले पाकिस्तानका लागि ६० एक दिवसीय खेलेर कुल एक हजार चार सय ९८ रन बनाएका छन् । उनको उत्कृष्ट प्रदर्शन एक सय १५ रन हो ।

उनले दुई शतक र १० वटा अर्धसतक पनि प्रहार गरेका छन् । पाकिस्तानका लागि उनले २८ टेस्ट पनि खेलिसकेका छन् ।

यसैगरी २४ वर्षीय सदाब खान पाकिस्तानी टोलीका उपकप्तान हुन् । उनले पाकिस्तानका लागि ५९ एक दिवसीय खेलेर कुल सात सय २२ रन बनाएका छन् । उनको उत्कृष्ट प्रदर्शन ८६ रन हो ।

उनले चारवटा अर्धसतक पनि प्रहार गरेका छन् । उनले एक दिवसीय खेलमा ७७ विकेट लिएका छन् । यसैगरी २२ वर्षीय मोहम्मद वसिम पाकिस्तानी टोलीका अलराउन्डर हुन् । उनले पाकिस्तानका लागि हालसम्म १५ वटा एक दिवसीय खेल खेलेका छन् ।

एक दिवसीय खेलमा उनले २४ विकेट लिएका छन् । दायाँ हाते मध्यमतेज गतिका बलर मोहम्मद वसिमको उत्कृष्ट प्रदर्शन ३६ रन दिएर चार विकेट हो ।  

यसैगरी २९ वर्षीय मोहम्मद नवाजले पाकिस्तानका लागि हालसम्म २९ एक दिवसीय खेलेर ३९ विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १९ रन खर्चिएर चार विकेट हो ।

उनले एक दिवसीय खेलमा कुल तीन सय १३ रन पनि बनाएका छन् ।  यसैगरी २९ वर्षीय ह्यारिस रउफले दायाँ हाते तीव्र गतिका बलर हुन् । उनले हालसम्म पाकिस्तानका लागि २४ एक दिवसीय खेल खेलेका छन् ।

उनले एक दिवसीय खेलमा ४४ विकेट लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन १८ रन दिएर पाँच विकेट हो ।  

यसैगरी २० वर्षीय नसिम शाह पनि दायाँ हाते तीव्र गतिका बलर हुन् । उनले हालसम्म पाकिस्तानका लागि १० वटा एक दिवसीय खेलेर २५ विकेट लिएका छन् ।  बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ३३ रन खर्चिएर पाँच विकेट हो ।  यसैगरी २३ वर्षीय साहिन शाह अफ्रिदी पाकिस्तानी टोलीका बायाँ हाते तीव्र गतिका बलर हुन् ।

उनले हालसम्म पाकिस्तानका लागि ३९ खेल खेलेर ७६ विकेट लिइसकेका छन् । एक दिवसीय खेलमा बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ३५ रन खर्चिएर ६ विकेट हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप