सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एटीएम मेसिनबाट पैसा चोर्न खोज्ने युवक पक्राउ

बिहीबार, १४ भदौ २०८०, १२ : २६
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । भक्तपुरको भक्तपुर नगरपालिका–१० स्थित कमल विनायकमा रहेको एटीएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका–२ घर भएका पूर्णबहादुर खासु छन् ।

२४ वर्षीय खासुले कमल विनायकस्थित नबिल बैंकको एटिएम तोडफोड गरेर नगद चोर्ने प्रयास गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले रातोपाटीलाई बताए । बिहीबार बिहान पौने ३ बजेतिर मार्तोल र फलामे रडसहित उनी पक्राउ परेका हुन् । आरोपितबारे प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप