आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भारत र पाकिस्तानको खेलअघि मौसममा चमत्कारिक सुधारको कामना गर्दै समर्थक

बिहीबार, १४ भदौ २०८०, १५ : ३०
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । विश्व क्रिकेटमा भारत र पाकिस्तानलाई एकअर्काको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीका रुपमा हेरिन्छ । यी दुई राष्ट्रको खेल हेर्न विश्वभरीका क्रिकेटप्रेमी प्रतीक्षारत रहन्छन् । समर्थकका लागि मात्र होइन, यी दुई राष्ट्रबीचको खेलको प्रतीक्षा आयोजक, प्रायोजक र प्रसारण अधिकार लिएका निकायलाई पनि रहन्छ । 

यसपटक एसिया कपमा शनिबार भारत र पाकिस्तानबीच खेल हुँदैछ । उक्त खेल श्रीलंकाको पालेकेलमा खेलिने छ । तर, उक्त खेलको मिति नजिकिँदै गर्दा भारत र पाकिस्तानका क्रिकेटप्रेमीका लागि अप्रिय समाचार सार्वजनिक भएको छ । 

भारत र पाकिस्तानबीचको खेलमा वर्षा बाधक बन्न सक्ने प्रबल सम्भावना रहेको बताइएको छ । मौसम विज्ञान विभागका अनुसार, पालेकेलमा शनिबार वर्षाको सम्भावना ९१ प्रतिशत रहेको छ । यो समाचार सार्वजनिक भएपछि दुवै राष्ट्रका समर्थक निराश बनेका छन् । 

श्रीलंकाको केन्डीबाट रंगशाला रहेको स्थान गाडीमा करिब ३० मिनेटको दूरीमा पर्छ । ‘मौसम विभागका अनुसार शनिबार वर्षा हुने सम्भावना ९१ प्रशिशत छ । यस्तो स्थितिमा खेल हुने सम्भावना रहँदैन । त्यसैले यतिबेला दुवै टोलीका समर्थक मौसममा चमत्कारिक परिवर्तनको कामना गरिरहेका छन्,’ समाचारमा भनिएको छ । 

पालेकेल रंगशालामा हालसम्म ३३ वटा एकदिवसीय प्रतियोगिता खेलिएको छ । त्यसमध्ये अगस्त—सेप्टेम्बर महिनामा केवल तीनवटा खेल सम्भव भएको छ । त्यसैले श्रीलंका क्रिकेट बोर्ड सकेसम्म यो सिजनमा कुनै प्रतियोगिता आयोजना गर्न चाहँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप