समाजवादी मोर्चा निर्वाचनका लागि होइन, भ्रममा नपर्नोस् : प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा निर्वाचनका लागि गठन नभएको दाबी गरेका छन् ।
शुक्रबार पोखरामा आयोजित मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले मोर्चा निर्वाचनउन्मुख नभई नयाँ समाजवादी क्रान्तिका लागि भएको दाबी गरे । मोर्चा गठनमा कुनै पार्टीगत र व्यक्तिगत स्वार्थ नभएको भन्दै उनले सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउन आग्रह गरे ।
‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन । निर्वाचनका लागि अर्कै मोर्चा बन्छ । यो मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि गठन भएको हो’, उनले भने, ‘एउटै विचार र उद्देश्यमा केन्द्रीकृत हुनु गर्वको विषय हो । पार्टीगत कुनै स्वार्थ छैन । समाजवादी क्रान्तिको लागि एकताबद्ध भएको हो ।’
अध्यक्ष प्रचण्डले समाजवादी मोर्चा पुरानो एकता नभएको जिकिर गर्दै नयाँ विचार, दर्शन र सिद्धान्तको आधारमा नयाँ एकता भएको जिकिर गरे । सहमति, सहकार्य र एकताको आधारमा मात्रै नयाँ क्रान्ति हुने भएकाले मोर्चा गठनबारे भ्रमित नहुन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण