संसदीय समितिका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरु सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताएका हुन् । उनले सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन भन्दै प्रश्न गरे ।
सभामुख घिमिरेले संसद् जनताप्रति उत्तरदायी हुन जरुरी रहेको बताए । उनले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताए । उनले विधायिका संस्थामा सांसदहरुले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने पनि बताए ।
सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद् क्रियाशील बन्नुपर्ने बताए । उनले देशको पछौटेपन अन्त्य गर्न आर्थिक रुपमा सबल बन्नुपर्ने बताए । उनले संसदलाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उल्लेख गरे ।
सभामुख घिमिरेले राजनीतिक उपलब्धि प्राप्त गरेपनि आर्थिक समृद्धि अबको प्राथमिकता हुनुपर्ने बताए । विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जानुपर्ने लक्ष्य पूरा गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न चुनौति रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण