बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समितिका निर्देशन सरकारले कार्यान्वयन गर्नुपर्छ : सभामुख घिमिरे

शुक्रबार, १५ भदौ २०८०, १९ : २४
शुक्रबार, १५ भदौ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका निर्देशनहरु सरकारले प्रभावकारी तवरले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।  

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा सभामुख घिमिरेले समितिले दिएका निर्देशन औपचारिक मात्रै हुने गरेको भन्दै प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्ने बताएका हुन् । उनले सरकार समितिले दिएका निर्देशन कार्यान्वयन गर्न किन तयार छैन भन्दै प्रश्न गरे । 

सभामुख घिमिरेले संसद् जनताप्रति उत्तरदायी हुन जरुरी रहेको बताए  । उनले जनताको पक्षमा काम गर्न समयभित्रै ऐन बनाउन जरुरी रहेको बताए । उनले विधायिका संस्थामा सांसदहरुले खेल्ने भूमिका प्रभावकारी हुनुपर्ने पनि बताए । 

सभामुख घिमिरेले देश समृद्ध बनाउन र राष्ट्रको उन्नति गर्न सांसद र संसद् क्रियाशील बन्नुपर्ने बताए । उनले देशको पछौटेपन अन्त्य गर्न आर्थिक रुपमा सबल बन्नुपर्ने बताए । उनले संसदलाई सोझै जनताप्रति उत्तरदायी संस्था बनाउन अझै नसकिएको उल्लेख गरे ।

सभामुख घिमिरेले राजनीतिक उपलब्धि प्राप्त गरेपनि आर्थिक समृद्धि अबको प्राथमिकता हुनुपर्ने बताए । विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा जानुपर्ने लक्ष्य पूरा गर्न र दिगो विकासका लक्ष्य हासिल गर्न चुनौति रहेको उनले बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप