सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन : बास्कोटा
शनिबार, १६ भदौ २०८०, ०८ : २५

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेको विषयमा प्रधानमन्त्रीको मौनताप्रति प्रश्न उठाएका छन् । यसअघि भारतले नेपालको भूभाग समेटेर अखण्ड भारतको नक्सा सार्वजनिक गर्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल मौन बसेको दृष्टान्त प्रस्तुत गर्दै बास्कोटाले सम्बन्धका नाममा चेपुवामा देश हुन नसक्ने जिकिर गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रम प्रचण्ड भारत जानु अधि भारतले नेपालका केही भूभाग समेटेर अखण्ड भारतको नक्सा ल्यायो। प्रमले भने-सम्बन्धका कारण म बोलिन ।अहिले प्रमको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्सालाई वास्तै नगरी आफ्नो नक्सा ल्यायो। के प्रम त्यहाँ पनि मौन ? सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध
-
एनआरएनएका सबै पक्षलाई डा. शेष घलेले गराएको एकता महाधिवेशनमा जोडिन परराष्ट्रमन्त्रीको सुझाव
-
‘वाटर कलर ओडिसी’ : तीन देशका कलाकारको क्यानभासमा आ–आफ्नै पहिचान
-
सडक सुरक्षाका लागि बहुपक्षीय समन्वय आवश्यक छ : मन्त्री दाहाल
-
कुशल मल्ललाई हटाएर नेपाली क्रिकेट टोलीको घोषणा
-
मुस्लिम समुदायका लागि सरकारी सेवामा आरक्षण र शिक्षामा समान अवसर सुनिश्चित : मुख्यमन्त्री आचार्य