सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन : बास्कोटा
शनिबार, १६ भदौ २०८०, ०८ : २५
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चीनले जारी गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा समावेश नगरेको विषयमा प्रधानमन्त्रीको मौनताप्रति प्रश्न उठाएका छन् । यसअघि भारतले नेपालको भूभाग समेटेर अखण्ड भारतको नक्सा सार्वजनिक गर्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल मौन बसेको दृष्टान्त प्रस्तुत गर्दै बास्कोटाले सम्बन्धका नाममा चेपुवामा देश हुन नसक्ने जिकिर गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रम प्रचण्ड भारत जानु अधि भारतले नेपालका केही भूभाग समेटेर अखण्ड भारतको नक्सा ल्यायो। प्रमले भने-सम्बन्धका कारण म बोलिन ।अहिले प्रमको चीन भ्रमणको मुखैमा चीनले नेपालको पछिल्लो नक्सालाई वास्तै नगरी आफ्नो नक्सा ल्यायो। के प्रम त्यहाँ पनि मौन ? सम्बन्धका नाममा चेपुवामा देश हुन सक्दैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
-
बालेन सरकारले सय दिन नपुग्दै तमाम गल्ती गरिसक्यो, जनताले विकल्प खोज्दै छन् : राणा
-
पटना गोलीकाण्डका अभियुक्त विराटनगरमा मृत फेला
-
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा
-
इरान–अमेरिकाबिचकाे युद्ध अन्त्य गर्ने प्रयास तीव्र, कतारकाे उच्चस्तरीय टाेली तेहरानमा
-
राजमार्ग भत्किएका छन्, बजेट छैन : सडक सञ्जालबाट अलग्गिने जोखिममा इलाम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण