बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
विशेष रूपान्तरण अभियान

घट्टेडाँडाबाट प्रचण्डले यसरी गर्दैछन् वडास्तरको अभियान उद्घाटन

शनिबार, १६ भदौ २०८०, ११ : ०४
शनिबार, १६ भदौ २०८०

काठमाडौं । माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबार (आज) बाट शुरू भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमाल दाहाल प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडबाट जुममार्फत अभियानको उद्घाटन गरेका हुन् ।

दिउँसो चन्द्रागिरि– २ घट्टेडाँडाबाट उनले वडास्तरको अभियानको उद्घाटन गर्दैछन । शुरूमा  उनले पार्कभित्र एभोकार्डो लगायत फलफूलको बिरूवा रोप्ने, त्यसपछि जनतासँग प्रत्यक्ष छ्लफल गर्ने कार्यक्रम रहेको छ ।त्यसपछी सम्बोधन गर्ने नेता माधव सापकोटाले जानकारी दिए ।

‘अध्यक्षज्यू १ बजे आउनुहुन्छ । घट्टेडाँडापार्कमा फलफूलको बिरूवा रोप्नुहुन्छ । त्यसपछि जनतासँग अन्तक्रिया गरेपछि सम्बोधन गर्नुहुन्छ’  उनले भने ।

साउनको तेस्रो सात राजधानीमा सकिएको केन्द्रीय समिति बैठकले तीन महिने अभियान गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम ६ हजार ७४३ वडामा अभियान शुरू भएको छ ।

गएको निर्वाचनमा माओवादीले प्यानलै जितेको हुनाले अभियानको सुरूवाट उक्त वडाबाट गर्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप