बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्याबारे दिर्घकालीन समाधानको उपाय खोज्छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्चरेडाँडा ल्याण्डफिल साइटको समस्याका बारेमा दिर्घकालीन समाधानको उपाय खोजिने बताएका छन् । प्रधानमन्त्री दाहालले शनिबार बिहान नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँगको छलफलमा सो कुरा बताएका हुन् ।
छलफलमा सांसदहरुको टोलीले नुवाकोटको विकासको मेरुदण्डको रुपमा रहेको पासाङ ल्हामु राजमार्ग अन्तर्गतको तिनपिप्ले पिपलटार सडकखण्डको स्तरोन्न्ती र तत्काल कालोपत्रे गर्न पहल गरिदिन माग गरेका छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले सो राजमार्गका विषयमा आफू जानकार रहेको बताउँदै कालापत्रेका लागि आन्तरिक स्रोत जुटाएर भएपनि यो वर्षनै काम सम्पन्न गरिने विश्वास व्यक्त गरेका छन् ।
भेटमा सांसद अर्जुननरसिंह केसीले पासाङ ल्हामु राजमार्ग का साथै बन्चरेडाँडा ल्याण्ड्फिल साइटकाबारेमा सरकार गम्भीर नभए आफू संसद भवनभित्रै आमरण अनसन बस्ने चेतावनी दिएका थिए । प्रधानमन्त्री प्रचण्डले त्यो परिस्थिति आउन नदिने प्रतिबद्धता जनाएका छन् ।
शनिवार बिहान नुवाकोटबाट प्रतिनिधित्व गर्ने सांसदहरुका साथै सरोकारवालाहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । उक्त भेटमा जिल्लाका विभिन्न समस्याका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको भेटमा सहभागी कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण