नागढुंगा सुरुङ मार्ग प्रमुखलाई प्रधानमन्त्रीको फोन : प्रभावित क्षेत्रका जनतालाई तत्काल राहत दिन निर्देशन
शनिबार, १६ भदौ २०८०, १५ : ४६
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागढुंगा प्रभावित क्षेत्रका जनतालाई ७ दिनभित्र राहत दिन नागढुंगा सुरुङ मार्गका प्रमुखलाई निर्देशन दिएका छन् । जनतासँग माओवादी विशेष अभियानका क्रममा चन्द्रागिरि–२ पुगेका प्रचण्डलाई आयोजना प्रभावित क्षेत्रका जनताले कुनै राहत नपाएको गुनासो पोखेपछि उनले फोनमार्फत सो निर्देशन दिएका हुन् ।
अभियान कार्यक्रमस्थलबाटै बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्मालाई फोन गर्न लगाएर उनले सात दिनभित्र रिपोर्ट पेश गर्न प्रमुख नवीनमान श्रेष्ठलाई निर्देशन दिएका हुन् ।
‘हेलो नवीनजी म जनताको बीचबाट बोल्दैछु । सुरुङ मार्गबाट प्रभावित जनताले राहत नपाएको गुनासो गरेका छन् । वास्तविकता के हो सुझावसहित ७ दिनभित्र प्रतिवेदन पेश गर्नुहोला । बाँकी कुरा भेटमा गरौँला’, उनले फाेनमा निर्देशन दिँदै भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण