बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

नेता तथा कार्यकतालाई प्रचण्डको निर्देशन : द्वन्द्वकालमा मारिएका सेना–प्रहरीका घरमा पनि जानु

शनिबार, १६ भदौ २०८०, १५ : ५७
शनिबार, १६ भदौ २०८०

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभियानभर विपक्षी दलदेखि जनयुद्धमा मारिएका सेना प्रहरीको घरसम्म जान नेता तथा कार्यकतालाई निर्देशन दिएका छन् ।  जनतासँग माओवादी विशेष अभियानको चन्द्रागिरि–२ बाट उद्घाटन गर्दै उनले सबैको घरमा गएर माओवादी आन्दोलनबारे बुझाउन निर्देशन दिएका हुन् । 

‘माओवादी एकताबद्ध भएर तपाईँहरूको घरघरमा आएका छन् । तीन महिनामा विपक्षी कांग्रेस, एमाले, रास्वपा लगायत दलहरूका नेता तथा कार्यकताहरूको घर घरमा जानोस् । उहाँहरूलाई  विनम्रसँग माओवादी आन्दोलनबारे बुझाउनुहोस् ।’ 

उनले २०८४ को निर्वाचनमा माओवादी फेरि २०६४ सालको उचाईमा पुग्ने देखेर विपक्षीहरू आत्तिएको जिकिर समेत गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप