आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
एसिया कप

एसिया कप : शाहीनलाई पहिलो सफलता, रोहित आउट

शनिबार, १६ भदौ २०८०, १६ : ०१
शनिबार, १६ भदौ २०८०

क्यान्डी । दुई चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेलमा भारतले पहिलो विकेट गुमाएको छ । कप्तान रोहित शर्मा ११ रन बनाएर आउट भएका हुन् ।

उनलाई शाहीन शाह अफ्रिदीले आफ्नो शिकार बनाएका हुन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । भारतले १ विकेटको क्षतिमा १७ रन बनाएको छ ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप