आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
एसिया कप

एसिया कप : शाहीनलाई दोस्रो सफलता, कोहली आउट

शनिबार, १६ भदौ २०८०, १६ : २५
शनिबार, १६ भदौ २०८०

क्यान्डी । दुई चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्धको खेलमा भारतले लगातार दोस्रो विकेट गुमाएको छ । शाहीन शाह अफ्रिदीले भारतको दोस्रो विकेट लिएका हुन् ।

विराट कोहली ४ रन बनाएर आउट भएका छन् । यसअघि  कप्तान रोहित शर्मा ११ रन बनाएर अफ्रिदीकै बलमा आउट भएका थिए ।

खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । भारतले २ विकेटको क्षतिमा २९ रन बनाएको छ ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप