सरकारले सुन तस्करीको तमासा गरेको एमाले अध्यक्ष ओलीको आरोप
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरुद्धको अभियान भने पनि भ्रष्टाचार गर्ने अभियान चलाएको आरोप लगाएका छन् । शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले एयरपोर्टबाट सुन तस्करीको तमासा गरेको आरोप लगाएका हुन् ।
उनले भने–‘साढे ९ किलो सुन आयो र हरायो । कहाँ गयो त्यो सुन भनेपछि फेरी आयो । स्टोरमा राखियो त्यहाँबाट हरायो, कसरी हरायो भनेपछि फेरि आयो । बजारबाट त्यस्तै नक्कली सिगरेट बनाएर राखिएको रहेछ । फेरि सक्कली आयो फेरि हरायो । कति लाजलाग्दो घिनलाग्दो तमासा । जसले एउटा आइटममा क्विन्टलका क्विन्टल कति दिनदेखि सुन ल्याउँछ, पक्राउ परेको मान्छे को छ भनेर पत्ता लगाउँदै जाँदा भन्सारको अधिकृत हुन्छ । विदेशीलाई नागरिकता दिएर २० हजारमा दर्ता गराउने को हो त्यो ? कसले नागरिकता दिन आदेश दियो, कसले नागरिकता बनायो ? त्यो खोजी गरन ।’ उनले भ्रष्टाचार विरुद्धको नाममा राष्ट्रिय पुँजीलाई गला थिच्ने काम भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण