एसिया कप : पाकिस्तानसामु भारतद्वारा २ सय ६७ रनको लक्ष्य प्रस्तुत
शनिबार, १६ भदौ २०८०, २० : ०८
पालकेले । पाकिस्तानका तीव्र गतिका बलरहरूको उत्कृष्ट प्रदर्शनका बाबजुद भारतले २ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको छ । भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रन बनाएको हो ।
शाहीन शाह अफ्रिदी, नसिम शाह र ह्यारिस राउफको घातक बलिङसामु भारतको शीर्ष क्रम नतमस्तक बने पनि ईशान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरेका थिए । पाण्ड्याले सर्वाधिक ८७ रन बनाए भने ईशानले ८२ रनको पारी खेले ।
यसअघि भारतले शीर्ष चार ब्याट्सम्यान मात्र ६६ रनमा गुमाएको थियो । पाकिस्तानका लागि अफ्रिदीले ४ तथा शाह र राउफले ३–३ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण