आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एसिया कप : पाकिस्तानसामु भारतद्वारा २ सय ६७ रनको लक्ष्य प्रस्तुत

शनिबार, १६ भदौ २०८०, २० : ०८
शनिबार, १६ भदौ २०८०

पालकेले । पाकिस्तानका तीव्र गतिका बलरहरूको उत्कृष्ट प्रदर्शनका बाबजुद भारतले २ सय ६७ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्न सफल भएको छ । भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रन बनाएको हो ।

शाहीन शाह अफ्रिदी, नसिम शाह र ह्यारिस राउफको घातक बलिङसामु भारतको शीर्ष क्रम नतमस्तक बने पनि ईशान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङको नमुना प्रस्तुत गरेका थिए । पाण्ड्याले सर्वाधिक ८७ रन बनाए भने ईशानले ८२ रनको पारी खेले । 

यसअघि भारतले शीर्ष चार ब्याट्सम्यान मात्र ६६ रनमा गुमाएको थियो । पाकिस्तानका लागि अफ्रिदीले ४ तथा शाह र राउफले ३–३ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप