आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

एसिया कप : पाकिस्तान र भारत अङ्क बाँड्न बाध्य

शनिबार, १६ भदौ २०८०, २२ : ५३
शनिबार, १६ भदौ २०८०

पालकेले । वर्षाका कारण भारत र पाकिस्तानले अङ्क बाँड्न बाध्य भएका छन् । पानी परेपछि दोस्रो पारीमा एक बल पनि नफाली खेल सकिएको हो । 

खेल रद्द भएसँगै दुवै टोलीले १–१ अङ्क पाएका छन् । समूह ए मा पाकिस्तान दुई खेलबाट ३ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । भारत १ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल अङ्कविहीन रहेको छ । अब समूहको अन्तिम खेलमा नेपाल र भारत भिड्नेछन् । 

यसअघि पाकिस्तानका तीव्र गतिका बलरहरूको उत्कृष्ट प्रदर्शनका बाबजुद भारतले २ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रन बनाएको थियो ।

शाहीन शाह अफ्रिदी, नसिम शाह र ह्यारिस राउफको घातक बलिङसामु भारतको शीर्ष क्रम नतमस्तक बने पनि ईशान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गरेका थिए । पाण्ड्याले सर्वाधिक ८७ रन बनाए भने ईशानले ८२ रनको पारी खेले । 

यसअघि भारतले शीर्ष चार ब्याट्सम्यान मात्र ६६ रनमा गुमाएको थियो । पाकिस्तानका लागि अफ्रिदीले ४ तथा शाह र राउफले ३–३ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप