प्रतिरोध दाङको अध्यक्षमा अमृत विश्वकर्मा
घोराही । प्रतिरोध जनअधिकार आन्दोलन दाङको अध्यक्षमा अमृत विश्वकर्मा चयन भएका छन् । शनिबार दाङको घोराहीमा सम्पन्न भेलाले विश्वकर्माको अध्यक्षतामा सात सदस्यीय जिल्ला समिति चयन गरेको हो ।
भेलालाई सम्बोधन गर्दै प्रतिरोध जनअधिकार आन्दोलनका केन्द्रीय संयोजक प्रमोद धितालले राष्ट्रय राजनीतिमा देखिएको विकृतिका कारणल प्रतिरोधी चिन्तन, विचार र संस्कृतिको ठाउँमा सम्झौतावादी प्रवृत्ति हावी भएको बताए । उनले उहिलेको सचेत युस्ताले एक्लै भए पनि सत्य र न्यायपूर्ण आन्दोलन विचारको पक्षमा उभिनुपर्ने बताए ।
‘राष्ट्रिय राजनीतिमा देखिएको विकृतिले सबैतिर सोम्झौतावादी प्रवृति हावी भएको छ’, संयोजक धितालले भने, ‘अहिलेको सचेत पुस्ताको चुनौति भनेको एक्लै भए पनि सत्य र न्यायपूर्ण आन्दोलनको पक्षमा उभिनु हो । यही नै सच्चा वामपन्थीको दायित्व हो ।’
संयोजक धितालले यतिखेर नेपालको वाम आन्दोलन इतिहासमै सबैभन्दा बढी वैचारिक संकटका बीचबाट गुज्रिरहेको र त्यसको प्रभाव राष्ट्रियता, जनताका अधिकार र जनजीविकाका सवालहरुमा पनि परेको बताए। उने वैचारिक संकटमा रहेको कम्युनिस्ट आन्दोलनलाई सही दिशानिर्देश गर्ने काममा प्रतिरोध लागि पर्ने बताए ।
भेलालाई शुभकामना दिँदै नेकपा (मशाल) का केन्द्रीय सदस्य शशिधर भण्डारीले विचारको संकट नै यतिखेरको मुख्य संकट भएका कारणले श्रमजीवी वर्गको विचार ओझेलमा परेको बताए। उनले विश्व कम्युनिष्ट आन्दोलनको इतिहास हेर्दा आमूल परिवर्तनको अगुवाई गर्ने नेतृत्व, संगठन र आन्दोलनको निर्माण पनि सुरुमा सानो आकारबाटै भएको प्रसंग निकाल्दै प्रतिरोध जस्ता संगठनहरु आकारको हिसाबले आज सानो भए पनि सही विचार, नेतृत्व पाएमा र जनताको पक्षमा उभिंदै जाँदा र सफल हुने बताए।
त्यस्तै एकीकृत समाजवादीका दाङ जिल्ला उपसचिव सूर्य विसीले प्रतिरोधले उठाएका सामाजिक न्यायका मुद्दामा सबैले साथ दिनुपर्ने बताए।
भेलापश्चात बसेको पहिलो बैठकले संगठनको अवधारणा र नीतिमा आधारित रही संगठन निर्माण, जनसरोकारका विभिन्न विषयहरुमा केन्द्रित रही अन्तरक्रिया, विचारगोष्ठी लगायत अन्य गतिविधिहरु संचालन गर्दै जाने निर्णय गरेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण