बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
क्रिकेट

यी हुन् भारतीय क्रिकेट टिमको १० न्यून स्कोर : ५४ देखि १०३ रनभित्रै ‘अल आउट’

सोमबार, १८ भदौ २०८०, १२ : २४
सोमबार, १८ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपाल र भारतबिच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक भारतको राष्ट्रिय क्रिकेट टिमसँग नेपालले प्रतिस्पर्धा गर्ने भएकाले पनि यो म्याचलाई निकै चासोका साथ हेरिएको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा पाकिस्तानसँग ठुलो अन्तरले पराजित भएको नेपाली टोलीले भारतविरुद्धको खेलमा कस्तो प्रदर्शन गर्ला भन्नेमा खेलप्रेमीले निकै चासो राखेका छन् ।

एक दिवसीय प्रारुपमा खेलिने यो खेलमा ५० ओभरसम्म टिक्नु नेपालका लागि चुनौतीको विषय बनेको कतिपय विश्लेषक बताउँछन् । नेपाली खेलाडीले बलियो आत्मविश्वासका साथ खेल्न जरुरी रहेको उनीहरुको भनाइ छ ।

यद्यपि क्रिकेटको इतिहासमा भारतले एक दिवसीय क्रिकेटमा अत्यन्त खराब प्रदर्शन गरेका उदाहरण पनि कयौँ छन् ।

२९ अक्टोबर २००० मा शारजहामा भारत र श्रीलंकाबिचको खेलमा भारत जम्मा ५४ रनमा सीमित भएको थियो । यस्तै, ८ जनवरी १९८१ मा अस्ट्रेलियाविरुद्ध सिडनीमा भएको खेलमा पनि भारत न्यून स्कोरमा समेटिएको थियो । त्यतिबेला भारतले जम्मा ६३ रनमात्र बनाएको थियो ।

भारतको तेस्रो न्यून एक दिवसीय स्कोर ७८ हो । २४ डिसेम्बर १९८६ मा घरेलु मैदान कानपुरमा श्रीलंकाविरुद्धको खेलमा भारतले ७८ रनमात्र बनाउन सक्यो ।

यस्तै, सियालकोटमा १३ अक्टोबर १९७८ मा पाकिस्तानविरुद्धको खेलमा भारत ७९ रनमा समेटिएको थियो । यो भारतको चौथो न्यून स्कोर हो ।

डम्बुलामा १० अगस्ट २०१० मा न्यूजिल्याण्डविरुद्धको खेलमा भारतले ८८ रनमात्र बनाएको थियो । यस्तै, डर्बनमा २२ नोभेम्बर २००६ मा भएको एक दिवसीय क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाविरुद्ध भारत ९१ रनमै समेटिएको थियो ।

न्यूजिल्याण्डविरुद्ध ३१ जनवरी २०१९ मा हेमिल्टनमा भएको खेलमा भारत ९२ रनमै अलआउट भएको थियो । यस्तै, १४ जनवरी २००० मा अस्ट्रेलियाविरुद्ध सिडनीमा भएको खेलमा भारत १०० रनमा सीमित भयो भने वेस्ट इन्डिजविरुद्ध घरेलु मैदान अहमादावादमा भएको खेलमा पनि भारत १०० रनमै अल आउट भएको थियो ।

श्रीलंकाविरुद्ध डम्बुलामा २२ अगस्ट २०१० मा भएको खेलमा भारतले १०३ रनमात्र बनाउन सकेको थियो ।  

screencapture-espncricinfo-records-team-team-lowest-innings-totals-india-6-one-day-internationals-2-2023-09-04-12_25_07

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप