कप्तान रोहित पौडेल भन्छन्- ‘भारतविरुद्धको खेल निकै ठूलो अवसर हो’
काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार नेपालले आफूभन्दा निकै बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । उक्त खेल श्रीलंकाको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिने छ । खेल नेपाली समय अनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।
समूह ‘ए’ मा रहेका नेपाल र भारत दुबैको लागि यो खेल निकै महत्वपूर्ण छ । यो खेलमा विजयी हुने टोली प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ । समूह ‘ए’ बाट आयोजक पाकिस्तान यसअघि नै ‘सुपर फोर’ चरणमा पुगिसकेको छ ।
समूहगत चरणको अन्तिम खेलअघि नेपाली टोलीका कप्तान रोहित पौडेलले भारतविरुद्धको खेल आफ्ना लागि निकै ठूलो अवसर भएको बताएका छन् । ‘भारतजस्तो बलियो टोलीसँग खेल्न पाउनु हाम्रा लागि निकै ठूलो अवसर हो । हाम्रा खेलाडीले आफ्ना आदर्श खेलाडीहरुसँग अनुभव आदानप्रदान गर्न पाउने छौं,’ सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनेका छन् ।
नेपालले पहिलो पटक एसिया कप खेलेको हो । १५औं पटक एसिया कप खेलिरहेको भारत भने सातपटकको उपाधि विजेता राष्ट्र पनि हो । जारी एसिया कपको आफ्नो पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो ।
भारत र पाकिस्तानको खेल भने वर्षाका कारण रद्द भएको थियो । त्यसैले भारत यतिबेला नेपालविरुद्दको खेल जित्नै पर्ने दबाबमा छ । यदि नेपाल र भारतबीचको खेल पनि वर्षाका कारण रद्द भए दुई अंकसहित भारत प्रतियोगिताको ‘सुपर फोर’ चरणमा पुग्नेछ ।
‘भारतसँग खेल्न पाउँदा हामी निकै उत्साही छौँ । एसिया कपजस्तो ठूलो प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउनु हाम्रा लागि निकै ठूलो अवसर पनि हो,’ कप्तान पौडेल भन्छन्, ‘दुबै टोलीका लागि यो खेल निकै महत्वपूर्ण छ । यो खेल हाम्रा लागि आफूलाई परीक्षण गर्ने गतिलो अवसर पनि हो ।’
#WATCH | Sri Lanka: Ahead of India vs. Nepal Asia Cup 2023 on September 4 at Pallekele International Cricket Stadium in Kandy, Nepal Cricket Team Captain, Rohit Paudel says, "It is an important match for both the teams...We as a new team in the Asia Cup are looking forward to… pic.twitter.com/Rq9dVKMk46
— ANI (@ANI) September 3, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण