अर्थतन्त्रमा सकारात्मक सूचांक वृद्धि भएको छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यका पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको जिकिर गरेका छन् । सोमबार संसदमा नियमित प्रश्नोत्तरको क्रममा उनले कांग्रेसका सांसद उदयशमशेर राणाले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।
साथै उनले लगानीको वातावरण सकारात्मक भएको, शाेधान्तर घाटामा सुधार आएको, वैदेशिक सञ्चिति रकम बचत भएको छ । कित्ताकाट पूर्ण रूपमा खुला गरिएको जानकारी दिए ।
चीनमा हुने आसन्न भ्रमणमा उत्तरी नाका खोल्ने, सडक ऊर्जा, कृषि, स्वास्थ्य क्षेत्रको विकासमा आर्थिक सहयोगका लागि पहल हुने उनले जानकारी दिए ।
‘उपत्यकाको भौतिक पूर्वाधार विकासमा आवश्यक बजेट विनियोजन भएको छ । शासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रबिन्दु बनाएर सरकारले काम गरेको छ’, उनले भने, ‘आसन्न चीन भ्रमणमा थप उत्तरी नाका खोल्ने, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा आर्थिक साहयताको विषयमा छलफल केन्द्रित हुनेछ ।
राणाले उपत्यकाका बढ्दो सहरी बस्ती व्यवस्थापनका लागि रिङरोड बाहिरका नगर बस्ती जोड्ने, आर्थिक सुधार र चीन भ्रमणबारे प्रश्न सोधेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण