गंगामायाको जीवन रक्षाका लागि सरकारले ३७ लाख ४७ हजार दिएको छ : प्रधानमन्त्री प्रचण्ड
सोमबार, १८ भदौ २०८०, १३ : ५८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले द्वन्द्वकालमा मारिएका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीकी धर्मपत्नीको जीवन रक्षका लागि सरकारले औषधी उपचार र आर्थिक व्यवस्थान गरेको जानकारी दिएका छन् । सोमबार संघीय संसद बानेश्वरमा सांसद एकनाथ ढकालले उठाएको प्रश्नको जवाफ दिँदै उनले अधिकारीलाई सरकारले ३७ लाख ४७ हजार उपलब्ध गराएको दाबी गरेका हुन् ।
‘द्वन्द्वकालीन घटनालाई व्यवस्थापन गर्न सरकारले सत्यनिरुपण तथा वेपत्ता छानविन आयोगले काम गरिरहेको छ । गंगामाया अधिकारीको जीवनरक्षाका लागि सरकारले उचित व्यवस्था गरेको छ’, उनले भने, ‘अधिकारीको स्वास्थ्य राम्रो रहेको अस्पतालले जानकारी दिएका छन् । सरकारले अहिलेसम्म ३७ लाख ४७ हजार उपलब्ध गराइएको छ ।’
साथै उनले संविधान र कानुनमा भएको व्यवस्था बमोजिम नै रेशम चौधरीलाई सजायमा माफी दिएको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतको फैसला स्वागतयोग्य, थप अनुसन्धान अघि बढाउन नारायणकाजीको आग्रह
-
मन्त्री यादव र राजदूत बासबिच भेटवार्ता
-
युनिभर्सल मेडिकल कलेजमा श्रम कार्यालयको अनुगमन
-
साउथ सुपरस्टार यशको ‘टक्सिक’को पहिलो गीत ‘तबाही’ सार्वजनिक
-
चरेससहित एक जना पक्राउ
-
लुम्बिनीमा स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण