आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कुन्दनराज काफ्लेले दिए बागमती कांग्रेसको सचेतकबाट राजीनामा

मङ्गलबार, १९ भदौ २०८०, ०९ : ०५
मङ्गलबार, १९ भदौ २०८०

मकवानपुर । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतक पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान संसदीय दलका नेता बहदुर सिं लामालाई उनले राजीनामा पत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद काफ्लेले सचेतक पदबाट राजीनामा दिएसँगै सामाजिक सञ्जालबाट सो विषय सार्वजनिक समेत गरेका छन् । 

उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताए । पदबाट राजीनामा दिएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरूको सेवामा व्यतीत गर्ने बताए ।

'गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखेली जनसेवामा  समय अभाव महसुस गरेको छु ।' उनले भने । 'अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दियको छु । यस विचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बाग्मती प्रदेशका सम्पूर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।'

गत पुसमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले र राप्रपाको गठबन्धनको सरकार गठन गरेपछी कांग्रेस प्रतिपक्ष दल बनेको थियो । प्रतिपक्ष दल कांग्रेस रहँदा संसदीय दलका नेता लामाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । तत्कालीन सत्ता गठबन्धन करिब २ महिना चल्दा काफ्लेलाई प्रमुख प्रतिपक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोकिएको थियो । गत फागुनमा सत्ता गठबन्धन परिवर्तनसंगै कांग्रेस सत्ता पक्ष बन्यो । 

कांग्रेस सत्तामा आएसँगै उनको प्रमुख सचेतक पद र सेवा सुविधा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद रत्न प्रसाद ढकालले पाएका थिए । ढकाल प्रमुख सचेतक बनेपछि उनी सचेतकको जिम्मेवारीमा रहनु परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप