लुक्सलाई लिएर सधैँ तनावमा हुन्थे विक्की कौशल, भन्छन्– ‘हिरो बन्छु भनेर सोचेकै थिइनँ’
मुम्बई । विक्की कौशलले आफूलाई सानोमा आफ्नो लुक्स र व्यक्तित्वले गर्दा मानिसहरूबीच अप्ठ्यारो महसुस हुने गरेको बताएका छन् । अभिनेताले यो अप्ठ्यारो बाल्यकालदेखि बलिउड करियरको सुरुवाती दौरसम्म उनको मनमा रहने गरेको र यसको कारणले उनलाई एङ्ज्याइटीसमेत हुने गरेको खुलासा गरेका हुन् ।
विक्की हालै निखिल तनेजाको शो ‘बी ए म्यान यार’ मा पाहुनाको रूपमा पुगेका थिए । यस दौरान विक्कीले आफ्नो बाल्यकाल, प्रेम जीवन र करियरको बारेमा कुराकानी गरेका थिए । विक्कीले भने, ‘कसैले पनि मसँग नराम्रो व्यवहार गरेका थिएनन् । यसका बाबजुद मभित्रबाट दबिएको महसुस गर्थे । मलाई इनफेरियोरिटी कम्प्लेक्स थियो । मलाई मेरो लजालुपन र भीडसँग डरको कारण पनि यही हो ।’
उनले थपे, ‘म सधैँ दुब्लो पात्लो थिएँ । मलाई लाग्थ्यो म कसैसँग लड्न सक्दिनँ थिएँ । २० या २१ वर्षको उमेरसम्म मेरो दाह्री पनि आएको थिएन । म स्टेजमा जान चाहन्थे । मलाई अभिनय गर्न धेरै मनपर्थ्यो । तर, म अभिनेता बन्न सक्छु कि सक्दिनँ भन्ने थाहा थिएन । त्यसमा पनि हिरोको भूमिका निभाउँछु भन्ने त सोचेकै थिइनँ । म मात्र अभिनय गर्न चाहन्थे ।’
‘मलाई आफ्नो लुक्सलाई लिएर भित्रभित्र एक प्रकारको डर थियो । म आफूलाई यति धेरै नोक्सान पुर्याउँथे कि मलाई अरू कसैले केही गर्नै पर्दैन थियो,’ उनले भने । परिवार वा साथीभाइहरूले आफूलाई कहिल्यै त्यस्तो महसुस नगराए पनि आफ्नो मन सधैँ यस्तै कुरा चल्ने उनको जिकिर थियो ।
विक्कीले भने, ‘हाम्रो समाजमा पुरुषको परिभाषा के हो ? राम्रो स्वास्थ्य हुनु, दाह्री र राम्रो कपाल हुनु । यी कुरा भयो भने मात्र तपाईंलाई आदर्श पुरुष भनिन्छ । तपाईं दुब्लो पातलो हुनुभयो, अनुहार बच्च जस्तो हुनुभयो भने तपाईंलाई ‘मर्द’ भएको मान्दैनन् । यही कारणमा युवा अवस्थामा निकै तनावमा थिएँ । मलाई लाग्थ्यो, मेरो वजन किन बढ्दैन ? मेरो दिमागमा यस्तो कुरा सधैँ खेलिरहेको हुन्थ्यो ।’
उनका अनुसार पछि क्रिकेटको कारणले उनमा बिस्तारै आत्मविश्वास पैदा भएको थियो । साथीहरूबीचको खेलमा कप्तानले आफूलाई सधैँ लिन चाहेको देख्या आफूलाई निकै खुसी लाग्ने उनले खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण