लुम्बिनी प्रदेशसभा बैठक : निजामती विधेयक पारित गर्ने तयारी
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको छ । दिउँसो १ बजेदेखि सुरु बैठकमा सांसदहरूले बोल्ने क्रम जारी छ । सभाको २५ औँ बैठकलाई सम्बोधन गर्दै प्रदेश मामिला तथा कानुन उपसमितिका संयोजक भोजप्रसाद श्रेष्ठले संसदमा पेश भएको प्रतिवेदन प्रक्रिया मिचेर तयार पारिएको बताए ।
उनले प्रतिवेदन तयार पारिएको विषय प्रदेश मामिला तथा कानुन समितिमा जानकारी नभएको समेत बताए । २४ औँ बैठकमा प्रदेश मामिला तथा कानुन समितिका ज्येष्ठ सदस्य सुधाकर पाण्डेले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेश गरेका थिए । सोही प्रतिवेदन सहितको विधेयक आज पारित गर्ने तयारी छ ।

प्रतिवेदनसहित तयार भएको विधेयकमा प्रदेश सरकारको प्रमुख सचिवको पद सङ्घीय निजामती सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको निजामती कर्मचारी वा प्रदेश निजामती सेवाको तेह्रौँ तहको वा सो सरहको रहने उल्लेख छ ।
विशेष समयको सम्बोधन सकिएपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक’ माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसपछि सभामुख तुलाराम घर्तीमगरले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । गत असार २२ गते प्रदेश सभामा निजामती विधेयक दर्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
-
नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण