ब्रिटिस कलेजद्वारा ई–स्पोर्टस्को आयोजना
काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘ई–स्पोर्टस् टुर्नामेन्ट– २०२३’को आयोजना सम्पन्न गरेको छ। थापाथलीस्थित कलेज हातामा बुधबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो।
प्रतियोगितामा तीन खेलहरु ‘भालोरेन्ट’, ‘फिफा’ र ‘पब्जी’ समावेश गरिएको थियो। कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेल तथा डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याककर्डेनले संयुक्त रुपमा उद्घाटन गरेको खेलमा देशभरका ११२ टिमबाट ५०० भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए।
प्रतियोगिताको पहिलो दुई दिन छनोट चरणका खेलहरु भएका थिए। त्यस्तै, अन्तिम दिन शुक्रबार फाइनल चरणका खेलहरु भएका थिए। भालोरेन्ट खेलको विजेता टिम ‘नो टक वन्ली किल’ बन्यो भने उपविजेताको स्थान ‘नेफोली’ले प्राप्त गर्यो। त्यस्तै, पब्जीतर्फ ‘अण्डरग्याङ्ग’ विजेता बन्दा ‘माइटी माफिया’ले उपविजेताको स्थान हाँसिल गर्यो। फिफातर्फ ‘नोटोरियर’ विजेता र ‘गोर्खा स्ट्रङ्ग’ उपविजेता बन्यो।
सबै बिधातर्फका विजेता टिमहरुले १–१ लाख रुपैयाँ तथा उपविजेता टिमहरुले ३३–३३ हजार रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, कलेजले विजेता टिमका खेलाडीहरुलाई छात्रावृत्ति पनि प्रदान गरेको छ। प्रतिस्पर्धीहरुले प्रायोजकहरु सुविसु केबलनेट प्रा.लि., लेभल अप, खतरा गेमिङ, मरिच क्याफे र द रस्टि स्पोर्टस् बारको तर्फबाट पनि पुरस्कारहरु प्राप्त गरेका छन्।

कार्यक्रमबारे आफ्ना धारणा राख्दै कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने, ‘म प्रतियोगिताका विजेताहरुलाई मनैदेखि बधाई ज्ञापन गर्न चाहान्छु, र सम्पूर्ण सहभागिहरुलाई पनि धन्यवाद दिन चाहान्छु। त्यस्तै, कार्यक्रमको सफलताको लागि महत्वपूर्ण भूमिका खेल्नुहुने कलेजका सहकर्मीहरु, प्रयोजकहरुलाई पनि धन्यवाद दिन चाहान्छु, उहाँहरुको साथ तथा सहयोगको कारण कार्यक्रम भब्यतापूर्वक सम्पन्न भयो। नेपालले ई–स्र्पोट्सको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको ख्याति कमाउँदै गइरहेको छ। गत जनावरीमा भएको पब्जी मोबाइल ग्लोबल च्यम्पियनशिपमा नेपाली टिम उपविजेता बन्यो। हाम्रो कलेज पनि ई–स्र्पोट्सका खेलहरुलाई उद्योगको रुपमा अगाडि बढाउन प्रतिबद्ध रहेकोले यस्ता खेलमा इच्छुकहरुलाई प्लेटफर्म प्रदान गर्न पाउँदा हामीलाई खुसी लागेको छ। आईटी क्षेत्रमा भइरहेको विकासलाई मध्यनजर गर्दै टीबीसीले पनि पर्याप्त लगानी गरि पछिल्लो समय बजारमा आएका प्रविधिहरु, भीआर ल्याब तथा डिजिटल फरेन्सिक्स ल्याब निर्माण गरेको छ। आगामी दिनमा पनि यस्तै, गतिविधिहरु गर्नेे जानकारी पनि गराउँदछु।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण