धादिङमा चाडपर्व लक्षित बजार अनुगमन
धादिङ | धादिङमा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । सोमबारदेखि जिल्ला बजार अनुगमन टोलीले सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वमा बजार अनुगमन सुरु गरेको हो ।
कार्यालयका अनुसार आज पहिलो दिन पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङको मौवाखोलाबाट अनुगमन गरिएको छ । अनुगमनका क्रममा १२ वटा पसल तथा फर्महरूमध्ये ३ वटालाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार अनुगमनका क्रममा जरिवानाबापत रु १५ हजार तिराइएको छ भने १५ हजार ३ सय रुपैयाँ बराबरको म्याद नाघेका र सडेगलेका सामाग्रीहरू जफत गरिएको छ । अब निरन्तर रूपमा अनुगमन गर्दै जाने सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिएका छन् ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र बेनिघाट रोराङ गाउँपालिका लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी र सरकारबिच टकराब : निर्माण रोकिएका ठेक्का तोड्न सचिवको निर्देशन
-
राष्ट्र बैंककाे अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव
-
परीक्षार्थीको मोबाइल नष्ट गर्नुको सट्टा किताब हेरेर जाँच दिन लगाऊँ
-
शशांक कोइराला भन्छन्– नेपाली कांग्रेस फुटिसक्यो
-
नक्कली प्रतिनिधि खडा गरिएकाे भन्दै रास्वपा कर्णाली अधिवेशनमा विवाद
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण