अदालत
सर्वोच्चको परमादेश : उपयुक्त स्थानमा सदरमुकाम तोक्नु
बुधबार, २७ भदौ २०८०, २१ : ००
काठमाडौँ । रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) बनाउने तत्कालीन सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबार सो रिटमाथि सुनु्वाइ गर्दै सर्वोच्चले मन्त्रिपरिषदको उक्त निर्णय बदर गरि मापदण्डका आधारमा उपयुक्त स्थानमा सदरमुकाम तोक्नु भनी सरकारको नाममा परमादेश समेत जारी गरेको हो ।
२०७४ साल माघ १५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) तोक्ने निर्णय गरेको थियो ।
गोलखाडालाई सदरमुकाम तोक्ने सरकारको निर्णय वैज्ञानिक नभएको भन्दै विरोध भएको थियो । स्थानीय गणेश हमालले सरकारको निर्णय खारेजीको माग गर्दै २०७५ साल फागुन ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिखर इन्स्योरेन्स आईक्यानको गोल्ड अवार्डबाट सम्मानित
-
यस्तो अवस्थामा छ निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तस्बिरहरु
-
स्नुकर हाउसको आवरणमा लागु औषध कारोबार, सञ्चालक दाजुभाइसहित ३ जना पक्राउ
-
स्टक ब्रोकर एशोसिएनद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेटवार्ता
-
यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्यो
-
पानीधारामा सुख्खा पहिरो, मुग्लिन–नारायणघाट सडकखण्ड अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण