डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु
वीरगन्ज । बढ्दो डेंगु सङ्क्रमणलाई दृष्टिगत गरी वीरगन्ज महानगरपालिकाले ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु गरेको छ । पछिल्लो समय वीरगन्ज महानगर क्षेत्रमा डेंगु सङ्क्रमण बढ्दै गएपछि महानगरपालिकाले डेंगु सार्ने लामखुट्टे र त्यसको लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो ।
अभियानका क्रममा महानगरपालिकाले डेंगु सङ्क्रमणका लागि विभिन्न स्थानमा जमेका पानी सफा गर्ने, स्प्रे गर्ने र वीरगन्ज भित्रिने यात्रुवाहक बसदेखि अन्य सवारी साधनमा स्प्रे गर्न थालेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दीन मियाँले जानकारी दिए ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहको निर्देशनमा गत भदौ २६ गतेदेखि सुरु भएको अभियानकै क्रममा लामखुट्टे र लार्भा नष्ट गर्न अहिलेसम्म एक सय २० भन्दा बढी सवारी साधन र पानी जमेको स्थानमा स्प्रे गरिएको उनले बताए । उनका अनुसार सो अभियानका लागि महानगरको स्वास्थ्य महाशाखासँगै सरसफाइ शाखा र नगर प्रहरीको टोलीसमेत स्प्रे गर्न परिचालन गरिएको छ ।
यात्रुवाहक बसका साथै वीरगञ्जको बाइपास सडकस्थित बोलबम पेट्रोल पम्पदेखि नरसिंह माविसम्म रहेका टायर पसलमा राखिएका पाँच सय ६३ वटा टायरभित्र जमेको पानीमा रहेका लामखुट्टेको लार्भा नष्ट पनि गरिएको प्रमुख मियाँले जानकारी दिए । मानिसको अत्यधिक भीडभाड हुने सार्वजनिक स्थानमा पनि कीटनाशक औषधी स्प्रे गर्ने क्रमलाई महानगरले निरन्तरता दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण