गणेश चतुर्थीको साइत पारेर भारतीय सांसदहरू नयाँ संसद् भवनमा
मङ्गलबार, ०२ असोज २०८०, १७ : १४
नयाँ दिल्ली । गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसदवाट भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् ।
बेलायती शासनकालमा बनाइएका भवन छाडेर उनीहरू त्रिभुजाकार नयाँ भवनमा सरेका हुन् । नयाँ संसद् भवनमा आठ सय जनप्रतिनिधि सहजै बस्नसक्नेछ । उक्त भवनको गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । विपक्षी दलका सांसदले उक्त समारोह वहिष्कार गरेका थिए ।
सभामुखले आजका लागि संसद्को विशेष बैठक आह्वान गरेका थिए । यसै मेसोमा नयाँ भवनमा विधायकहरू स्थानान्तरण भएका हुन् । आज भएको तल्लो सदनको बैठकमा सांसदहरूमा महिला प्रतिनिधित्वको ३३ प्रतिशत ‘कोटा’ राख्ने विधेयक पेश गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण