गणेश चतुर्थीको साइत पारेर भारतीय सांसदहरू नयाँ संसद् भवनमा
मङ्गलबार, ०२ असोज २०८०, १७ : १४

नयाँ दिल्ली । गणेश चतुर्थीको साइत पारेर औपनिवेशिक युगको संसदवाट भारतीय सांसदहरू आजदेखि नयाँ संसद् भवनमा सरेका छन् । पुरानो संसद् भवन अघिल्लो शताब्दीमा बेलायती शासकले निर्माण गरेका हुन् ।
बेलायती शासनकालमा बनाइएका भवन छाडेर उनीहरू त्रिभुजाकार नयाँ भवनमा सरेका हुन् । नयाँ संसद् भवनमा आठ सय जनप्रतिनिधि सहजै बस्नसक्नेछ । उक्त भवनको गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । विपक्षी दलका सांसदले उक्त समारोह वहिष्कार गरेका थिए ।
सभामुखले आजका लागि संसद्को विशेष बैठक आह्वान गरेका थिए । यसै मेसोमा नयाँ भवनमा विधायकहरू स्थानान्तरण भएका हुन् । आज भएको तल्लो सदनको बैठकमा सांसदहरूमा महिला प्रतिनिधित्वको ३३ प्रतिशत ‘कोटा’ राख्ने विधेयक पेश गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एमालेले बोलायो संसदीय दलको बैठक
-
नीति तथा कार्यक्रम : ११ वटा ऐन तर्जुमाको लक्ष्य
-
आन्दोलन गरेको भन्दै आवासीय चिकित्सकहरुलाई कलेज प्रवेशमा रोक
-
चौथाइवाले ढुक्क भएर फर्किए स्वदेश, मुख्य चासो भारतको सुरक्षा
-
व्यवस्था बदलियो, अवस्था बदलिएन : उपेन्द्र यादव
-
महिला फुटबल टिमले महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ : मेयर लामा