सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेताहरुलाई सिटौलाको आग्रह– संविधान कार्यान्वयनमा जोडबल गर्नुहोस्

बुधबार, ०३ असोज २०८०, १९ : ४७
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा जोडबल गर्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।  

बुधबार बिपी साहित्य महोत्सव २०८० मा आयोजित ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ विषयक अन्तरक्रियामा बोल्दै नेता सिटौलाले कांग्रेसका नेताहरुले संविधान कार्यान्वयनमा जोडबल गर्नुपर्ने बताएका हुन् । उनले संविधानलाई एकपटक कार्यान्वयन गरेर मात्रै मुल्यांकन र पुनरावलोकन गर्न सुझाव दिए । उनले संविधान कार्यान्वयनको सन्दर्भमा गाडी किनेर ल्याउने तर तेल नहाल्ने र ड्राइभर नराख्ने अवस्था भएको टिप्पणी गरे । 

नेता सिटौलाले आफूले संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै त्यसपछिको दुई कार्यकाल आफू संसदमा प्रवेश गर्न नपाउनुलाई ‘ट्राजेडी’ को संज्ञा समेत दिए । उनले संविधान जारी भएपछि नेपालको विकास मोडेलमा पनि परिवर्तन हुनुपर्नेमा त्यसो हुन नसकेको बताए ।

नेता सिटौलाले पुरानै केन्द्रीकृत तथा एकात्मक सोचले संविधानको कार्यान्वयन गर्न नसकिने बताए । केन्द्रीकृत मानसिकतालाई परिवर्तन गर्नुपर्नेमा उनले जोड दिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप