‘जनमुक्ति सेनाबाट नेपाली सेना बनेका अधिकारीको पदावधि सैनिक नियमावलीअनुसार थप’
काठमाडौँ । नेपाली सेनाले जनमुक्ति सेनाबाट नेपाली सेना बनेका यमबहादुर अधिकारीको पदावधि थप गरेको छ । सहायक रथीको विशेष पदमा कार्यरत अधिकारीको सैनिक ऐन तथा नियमावलीको आधारमा तीन वर्ष थप गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसबारेमा हालै बसेको मन्त्रिपरिषद् बैठकले आवश्यक स्वीकृति समेत प्रदान गरिसकेको थियो ।
अधिकारीको पहिलो चार वर्षे पदावधि समाप्त हुने मिति भाद्र ३१ गतेबाटै लागु हुने र सहायक रथी दर्जाको विशेष पदलाई निरन्तरता दिने गरी दोस्रो पटक ३ वर्षको पदावधि थप भएको सेनाले जनाएको छ ।
‘पदावधि थप सम्बन्धी नियमित प्रक्रिया अनुरूप नै सैनिक ऐन तथा नियमावलीको आधारमा यो निर्णय भएको हो’, सेनाले भनेको छ।
माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजन हुँदा अधिकारी महासेनानीको हैसियतले नेपाली सेनामा प्रवेश गरेका थिए ।
धादिङको मार्पाक घर भएका अधिकारी २०७६ असोज १ मा उनी सहायक रथीमा बढुवा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण