इन्चार्ज शर्मासमक्ष सिन्धुपाल्चोकवासीले के के गुनासाे राखे ?
बिहीबार, ०४ असोज २०८०, १७ : ४८
काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव एवं बागमती प्रदेशका इन्चार्ज जनार्दन शर्माले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिन्धुपाल्चोक जिल्ला नगरपालिका र गाउँपालिकाका नेतृत्वहरूसँग छलफल गरेका छन् ।
शुक्रबार भएको छलफलमा अहिलेसम्म भएका गतिविधि र भावी योजनाको रिर्पोटबारे समीक्षा भएको नेता हिमाल शर्माले बताए ।
उनका अनुसार नेताहरू शहरकेन्द्रीत भएको, शान्ति प्रक्रियामा आएपछि जीवन शैली फेरिएको, जनतासँग टाढिएको, शहिद तथा बेपत्ता परिवारका सदस्यहरूको व्यवस्थापनलाई ध्यान नदिएको लगायतका गुनासाहरू आएको छ ।
पहिलो चरणको अभियान सकिएपछि समग्रमा गम्भीर समीक्षा गरी पार्टीलाई गति दिने गरी योजना बनाउने उनले बताए । छलफलमा शर्मासहित, बागमतीका अध्यक्ष सरल सहयात्री पौडेल, हिमाल शर्मा लगायत नेताहरू उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण